सरकारले कहिले सुन्छ दुर्गमका पीडा

सरकारले द्धन्द्धकालका विभिन्न विस्फोटक पदार्थहरु हटाउनको लागि अभियाननै संचालन गरेको छ । विभिन्न जिल्लाहरुमा यसवारे जनचेतना फैलाउने कामहरु समेत एकताका भए । तर सवै कामहरु जिल्ला सदरमुकाम दैलेखमा केन्द्रित भएर मात्र गरिएका छन् । जुन गाउँ वस्तिहरुमा अँझै पनि बेवारिसे बम विस्फोट भएर घाईतेहुने हरुको संख्यामा बढेको छ त्यस्ता स्थानहरुमा जनचेतनाका कार्यक्रम संचालन हुन सकेका छैनन् ।
सरकारले यस्ता विस्फोटमा परेकाहरुलाई उपचार लगायतका विभिन्न विषयहरुमा सहयोग गर्ने बताएपनि अँझै यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् ।
दैलेख र जाजरकोटको सिमानामा पर्ने जाजरकोट जिल्ला दह गाविस १ का १० बर्षे खड्क बहादुर बुढा बेवारिसे बम विस्फोटबाट घाईते भए उनको उपचारमा कठिनाई उत्पन्न भयो उनलाई जाजरकोट सदरमुकाम भन्दा दैलेख सदरमुकाम ल्याउन नजिक पर्ने भएपछि अभिभावकले बोकेर नौमूले सम्म ल्याए । आर्थिक अभाव भएका उनलाई न त उपचारका लागि कसैले सहयोग गरेको न त राज्यका निकायहरु समेत यसवारे गम्भिर देखिएका छन् ।
राज्यको नीति भन्दा फरक तरिकाले तत्कालिन द्धन्द्धको पीडा सेलाउन नपाउँदै अँझै अधिकाँस मानिसहरु यसरी घाईते हुनमा बालकको कुनै दोष देखिदैन् यसको समाधानको जिम्मा लिएको राज्य गम्भिर हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार